निशुल्क सामाग्रीहरू डाउनलोड गर्नुहोस्
पुस्तकालय नेपालका सामाग्रीहरूलाई छ खण्डमा विभाजन गरिएको छ ।
१. मूल्यांकन र मननसफल पढाइ समूह निर्माणको लागि सल्लाह
२. साना बालबालिकाहरू र गैर-पाठकहरूको लागि क्रियाकलापहरू
३. सबैको निम्ति क्रियाकलापहरू
४. ठुला बालबालिकाहरूका लागि कथा
५. ठुला बालबालिकाहरूका लागि कथाबाहेकका (गैह्रआख्यान्)अन्य पाठ
६. मूल्यांकन र मनन
पाठहरूको लागि यो पृष्ठलाई तल सार्नुहोस् । हरेक पाठमा भिडियो गाइड र कार्यपुस्तिकाहरूको शृङ्खलाहरू समावेश गरिएको छ । गाइडलाई प्रस्तुतिको रूपमा डाउनलोड पनि गर्न सकिन्छ ।
भिडियो गाइड (मार्ग निर्देशन) ले हरेक पाठलाई आत्मविश्वासका साथ प्रस्तुत गर्नको लागि आवश्यक ज्ञान प्रदान गर्दछ । यसलाई हेर्न वा डाउनलोड गर्न सकिन्छ । हामी तपाईंलाई भिडियो हेर्ने सल्लाह दिन्छौँ किनकि यसमा थप सल्लाह र सहयोगको लागि श्रव्य सामाग्री पनि राखिएको छ । यी भिडियोहरूलाई युट्युबमा पनि हेर्न सकिन्छ ।
विभिन्न आकार र क्षमताका पढाइ समूहहरू वा कक्षाहरूमा लचकताका साथ प्रयोग गर्नको निम्ति विभिन्न किसिमका रमाइला क्रियाकलापहरूलाई कार्यपुस्तिकाहरूमा समावेश गरिएको छ । कार्यपुस्तिकाहरूलाई डाउनलोड गर्न सक्नुहुन्छ र अनलाइन वा अफलाइन, कक्षामा वा कक्षा बाहिर, प्रिन्ट गरेर वा सानो तथा ठुलो स्क्रिनमा देखाएर प्रयोग गर्न सकिन्छ ।
पाठ १ देखि ६ लाई हेर्नुहोस् र हामीलाई निश्चय छ तपाईंहरूले आफ्ना विद्यालयहरूको निम्ति उपयुक्त सामाग्रीहरू पाउनुहुनेछ । हामी रिडिङ्ग च्याम्पियन सामाग्री पढ्ने विशेष सल्लाह दिन्छौँ किनकि यसले पुस्तकालयको प्रयोगको निम्ति उपयोगी सल्लाहहरू प्रदान गर्छ ।
सबै सामाग्रीहरू प्रतिलिपी अधिकारबिहिन र निशुल्क छन्, र तिनीहरूलाई डाउनलोड गरेर विद्यालयहरू र पुस्तकालयहरूमा उपयुक्त हुने किसिमले प्रयोग गर्न सकिन्छ ।
पाठ १: परिचय | पाठ २: साना बालबालिकाहरू |
---|---|
पा१ भिडियो गाइड पा१ प्रस्तुति पा१ सामाग्री पा१ निर्माण पृष्ठ |
पा२ भिडियो गाइड पा२ प्रस्तुति पा२ कथाहरू पा२ पात्रहरूको वर्णन पा२ एकसाथ पढ्ने |
पाठ ३: सबैजना |
पाठ ४: ठुला बालबालिकाहरू |
पा३ भिडियो गाइड पा३ प्रस्तुति पा३ तपाईंलाई मनपर्ने कथा पा३ कथाका प्रकारहरू पा३ कविता र वर्णन |
पा४ भिडियो गाइड पा४ प्रस्तुति पा४ आख्यान पा४ कवितामा लय र पद्य पा४ वर्णहरू विकास गर्दै पा४ विषयवस्तु (प्रसङ्गहरू) |
पाठ ५: गैर-आख्यान |
पाठ ६: मूल्याङ्कन |
पा५ भिडियो गाइड पा५ प्रस्तुति पा५ शब्दकोशको प्रयोग पा५ मानचित्रको प्रयोग पा६ विश्वकोशको प्रयोग पा६ इन्टरनेटको प्रयोग |
पा६ भिडियो गाइड पा६ प्रस्तुति पा६ मूल्याङ्कन पा६ सामूहिक चिन्तन पा६ प्रगति ट्रयाकर (लेखाजोखा) |