UK_flag-01_smallग्रामीण नेपालका विद्यालयहरूको लागि निशुल्क सामाग्रीहरू

पुस्तकालय नेपाल ईलेक्ट्रा मिडीयाद्धारा डिजाइन र विकास गरिएको, काठमाडौं अवस्थित गौर नाफामुलक संस्था स्तम्भ नेपालको सहकार्य तथा सिआईटी नेपाल, कम्प्यूटर संघ नेपाल र त्रीभुवन विश्व विद्यालय पुस्ताकलय तथा विज्ञान विभागको साहेतामा संचालनमा ल्याईएको सैक्षिक कार्यक्रम हो।

आत्मनिर्भर अध्ययन समूहहरूको स्थापना गर्न विद्यालयहरूलाई सहयोग गर्दै पुस्तकालय नेपालले विद्यालयहरूका पुस्तकालयहरूको उत्तम प्रयोगको लागि विद्यालयका कर्मचारीहरूलाई एउटा ढाँचा प्रदान गर्छ । यसमा यस्ता क्रियाकलापहरू समावेश गरिएका छन् जसले विद्यार्थीहरूमा पुस्तकहरूप्रति प्रेमको विकाश गर्छ, सिकाइको बारेमा तिनीहरूमा जिज्ञासा उत्पन्‍न गराउँछ र विद्यार्थीहरूमा आफ्‍नो शिक्षाको जिम्मा आफैँ लिनको लागि सक्षम बनाउँछन् ।

पुस्तकालय नेपालको लक्ष्यः

  • विद्यालयका कर्मचारीहरूलाई आफ्नो विद्यालयको पुस्तकालय र सामाग्रीहरूको उत्तम प्रयोग गर्ने ढाँचा प्रदान गर्ने ।
  • आत्मनिर्भर अध्ययन समूहहरू र कर्मचारीको समय नलाग्‍ने किसिमका क्रियाकलापहरूको स्थापना गर्नको निम्ति प्रभावकारी उपायहरू सुझाउने ।
  • सिकाइप्रति उत्सुकता जगाउने किसिमका संगठित क्रियाकलापहरू प्रदान गर्ने ।
  • विद्यार्थीहरूलाई तिनीहरूको आफ्नै पढाइ र सिकाइको निम्ति सशक्‍त बनाउने ।