पाठ२: साना बालबालिकाहरू र गैर पाठकहरूको लागि कथा

यो भिडियोले पाठ २ मा समावेश गरिएका हरेक कार्यपुस्तिकाहरूको संक्षिप्‍त जानकारी दिनुका साथै यो पाठलाई प्रभावकारी तरिकाले प्रस्तुत गर्नको निम्ति तपाईंलाई सहयोग गर्ने किसिमका निर्दिष्‍ट सुझावहरू पनि दिन्छ । पाठ २ मा भएका क्रियाकलापहरूले साना बालबालिकाहरू र गैर पाठकहरूलाई पात्रहरूको बारेमा कुरा गर्न, कथाले कसरी काम गर्छन् भन्‍ने थाहा पाउन, कथाको बारेमा अनुमान लगाउन र सँगै मिलेर ठूलो स्वरले पढ्न प्रोत्साहन गर्छन् ।