UK_flag-01_smallहाम्रो बारेमा

पुस्तकालय नेपाल कसरी सृजना हुन पुग्यो यस बारेमा पढ्नुस।

Elektra_Media_Ltd

इलेक्ट्रा मिडिया शिक्षा क्षेत्रको लागि ई-लर्निङ्ग र कागजमा आधारित विषयहरूको उत्पादनमा पुरस्कार विजेता विशेषज्ञ प्रकाशन परामर्शदाता हो । संयुक्‍त अधिराज्यका मूख्य शैक्षिक प्रकाशकहरूसँग काम गरेको इलेक्ट्रा मिडियासँय संयुक्‍त अधिराज्यभरका सबै उमेर समूह र सबै विषयहरू, विशेष गरी अंग्रेजी र गणित विषयसँग सम्बन्धित विध्यालयका पाठ्यक्रमको विशेषज्ञता छ । इलेक्ट्रा मिडियाले पियर्सन एजुकेशन (Pearson Education), अक्सफोर्ड विश्‍वविद्यालय प्रकाशन (Oxford University Press) र क्याम्ब्रीज विश्‍वविद्यालय प्रकाशन (Cambridge University Press) जस्ता प्रतिष्ठित संस्थाहरूको लागि काम गरेको छ । हाम्रो बारेमा थप जानकारी  www.elektramedia.co.uk मा प्राप्‍त गर्न सक्‍नुहुन्छ ।

इलेक्ट्रा मिडियाका कर्मचारीहरू जीवनहरू रूपान्तरण र सामाजिक सुधारको लागि शिक्षाको मूल्यमा पुरा विश्‍वास गर्छन् । पुस्तकालय नेपालका सामाग्रीहरू काठमाण्डौमा रहेको मुनाफा रहित संस्था स्तम्भ नेपालसँग  बलियो सम्बन्ध भएका कम्पनीका कार्यकारी निर्देशकको अगुवाइमा लेखकहरू, सम्पादकहरू र परियोजना प्रबन्धकहरूको उत्साही समूहद्वारा सृजना गरिएको हो ।

Istambha_Nepal

स्तम्भ नेपाल शिक्षाको माध्यमद्वारा नेपालका ग्रामिण समुदायहरूलाई सशक्‍त बनाउने उद्देश्यले स्थापना गरिएको नाफारहित गैर-सरकारी संस्था हो । यसको अधिक जानकारी www.istambhanepal.org.np मा प्राप्‍त गर्न सक्‍नुहुन्छ ।